Nepal Purbadhar

निर्वाचन सञ्चालनका लागि निर्वाचन आयोगलाई भारतद्धारा ८० सवारी साधन प्रदान


काठमाडौं । निर्वाचन सञ्चालनका लागि निर्वाचन आयोगलाई भारतले ८० सवारी साधन प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विहीबार आयोजित एक समारोहमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरे ।

यी सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउनेछ ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारीसाधनकै हिस्साको रुपमा यी ८० वटा सवारीसाधन उपलब्ध गराएको हो ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ ।

भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।


Read Previous

जल सुरक्षालाई साझा एजेण्डा बनाउन सरोकारवालाहरुको सुझाव

Read Next

माथिल्लाे कर्णालीकाे म्याद २ वर्ष थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश