Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

युवामा रहेको नवप्रवर्तन क्षमता विकासलाई सघाउन प्रदर्शनीको आयोजना


काठमाडौं । राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले युवामा भएको नवप्रवर्तन क्षमतालाई प्रवद्र्धन गर्न ‘इन्नोफेस्ट २०२२’ को आयोजना गरेको छ ।

बुधबार पाटन दरबार स्क्वायरमा आयोजित कार्यक्रममा युवाहरुले आफ्नो नवप्रवर्तन क्षमता प्रयोग गरी सिर्जना गरेका सामानको प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका विद्यार्थीहरुको प्रदर्शक समूहहरूले त्यहाँ उपस्थित विभिन्न आगन्तुकमार्फ प्रदर्शन गरेका थिए । । फेस्टको मुख्य उद्देश्य नवीन विचारहरू सिक्ने र साझा गर्ने थियो ।

कार्यक्रमका नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले विभिन्न आविष्कारकर्तालाई पनि शुभकामना दिए । मेलामा करिब एक विद्यार्थीहरू उनीहरूको परियोजनाको साथ भेला भएका थिए ।

देशको दिगो विकासका लागि आमजनतामा रहेका विचारहरुको खोजी गर्नु यस प्रदर्शनीको उद्देश्य थियो । कार्यक्रम युएनडीपीअन्तर्गतको एक्सेलेरेटर ल्याब मेलाको आयोजना गरेको हो ।


Read Previous

उद्योग परिसंघ अध्यक्ष र आईएमएफ नेपाल प्रतिनिधिबीच भेटवार्ता

Read Next

जल सुरक्षालाई साझा एजेण्डा बनाउन सरोकारवालाहरुको सुझाव

Leave a Reply

Your email address will not be published.