Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

निर्वाचनका लागि भारतले नेपाललाइ दियो २ सय सवारीसाधन उपहार


काठमाडौं । निर्वाचन सञ्चालनका लागि भारतले नेपाललाइ २ सय सवारीसाधन उपहार दिएको छ ।

अर्थमन्त्रालयमा आयोजित एक समारोहबीच मंगलबारे अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट भारतीय राजदुत नवीन श्रीवास्तवल २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरे । यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउनेछ ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्याउनेछ ।

अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २ हजार ४ सय भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।


Read Previous

विद्युत पोलमा तानिएका तार ४५ दिनभित्र व्यवस्थापन गर्न प्राधिकरणको आग्रह, व्यवस्थापन नगरिए हटाइने तयारी

Read Next

भक्तपुर–नगरकोट सडक बन्द, ८ वर्षमा ७ पटक म्याद थप्दा पनि निर्माण सकिएन, स्थानीय र पर्यटकलाई सास्ती

Leave a Reply

Your email address will not be published.