Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

असोज २४ र २५ गते पहिलो हरित हाइड्रोजन सम्मेलन हुने


काठमाडौं । आगामी असोज २४ र २५ गते हरित हाइड्रोजन सम्मेलन हुने भएको छ । नेपालमा हरित हाइड्रोजन प्रवद्र्धन गर्न पहिलो पटक सम्मेलन हुन लागेको हो ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्न स्वच्छ ऊर्जा र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । यो सम्मेलन एमआईटी ग्रुप फाउण्डेशन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा आयोजना गर्न लागेको सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

ताहाचलस्थित होटल सोल्टीमा आयोजना हुने सम्मेलनको नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन: पग्लिदै गरेका हिमालहरूका लागि एन्टीडोट’ छ । हरित हाइड्रोजनको उत्पादन, भन्डारण तथा वितरण क्षमताको अध्ययनमा सम्मेलनमा टेवा पुर्याउने लक्ष्य लिइएको छ ।

यो सम्मेलन नेपालमा आयोजना हुने पहिलो हुनेछ । पहिलो पटक आयोजना हुन लागेकाले पनि यो सम्मेलन विशेष हुने आयोजकले जनाएको छ । सम्मेलनमा नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गरिनेछ ।

योसँगै नेपालमा पर्यावरणीय रूपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य पनि सम्मेलनको छ । सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदारका प्रतिनिधि, बहुपक्षीय अन्तर्राष्ट्रि समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दुतावास, अन्तराष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पुर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रूपमा छलफल भइरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ


त्यसैगरी, नेपालले पर्यावरणीय समस्याहरुको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरु पत्ता लगाउन पनि सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सम्मेलनले जल विद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ ।

यस सम्बन्धि नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


Read Previous

सरकारी ढुकुटी प्रयोग गरेर पूर्व पश्चिम रेलमार्ग निर्माण र पानी जहाज सञ्चालन असम्भव : पूर्वाधार मन्त्री

Read Next

कोटेश्वर–सूर्यविनायक सडकमा प्राधिकरणले जोड्यो स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक

Leave a Reply

Your email address will not be published.