Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक, जलवायु जोखिम झेल्न नेपालले ४ क्षेत्रलाई प्राथमिकता दिन सुझाव


काठमाडौं । विश्व बैंक समुहले राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन (कन्ट्री क्लाइमेट एण्ड डेभलप्मेण्ट रिपोर्ट) सार्वजनिक गरेको छ ।

प्रतिवेदनले जलवायु परिवर्तनबाट विकास संरचनामा हुने जोखिमलाई न्यूनकरण गर्न नेपालले मूख्य ४ क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ ।

प्रतिवेदनले पहिलोमा जलस्रोत, कृषि र वन क्षत्रेलाई हेर्ने एकिकृत प्रयास हुनुपर्ने सुझावका सिफारिस गरेको छ । दोस्रोमा जलविद्युत आयोजना निर्माण गर्ने र त्यसलाई जलवायु उत्थानशील संरचना निर्माणको लागि प्रयोग गर्न सकिनेमा जोड दिएको छ ।

तेस्रोमा सहरीकरणलाई व्यवस्थित बनाउदै लैजानुपर्ने उल्लेख गरेको छ । चौथोमा सुझाव भने कार्वन न्यून गर्ने यातायात प्रणालीको विकास गर्नुपर्ने विषयलाई सिफारिस गरेको छ ।

प्रतिवेदनले जलवायु परिवर्तन र त्यसबाट हुने जोखिमको साथै त्यसलाई न्यूनीकरण गर्नुपर्ने दर्जनौ सुझावहरु सिफारिस गरेको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्करले धेरै क्षेत्रमा विकास गरेपछि नेपाल प्राकृतिक प्रकोपको क्षेत्रमा धेरै नै कमजोर रहेको बताए ।

सरकारले २०४५ सम्ममा कार्बन उत्सर्जन शुन्यमा झार्ने लक्ष्य राखेको छ । त्यो लक्ष्य प्राप्त गर्नको लागि आवश्यक स्रोत जुटाउने उनको भनाइ छ ।

विश्व वैंकका दक्षिण एशिया क्षेत्र हर्ने उपाध्यक्ष मार्टिन राइजर जलवायु परिवर्तनबाट धेरै प्रभावित हुने देशमा नेपाल पर्ने उल्लेख गर्दै झेल्नुपर्ने जोखिमलाई थेग्न सक्ने प्रणाली तयार गर्नुपर्ने आवश्यकता रहेको बताए । हरित, उत्थानशील र समावेसी विकास (ग्रीड) मा केन्द्रित भएर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

दक्षिण एशिया क्षेत्रका दीगो विकाससम्बन्धी क्षेत्रिय निर्देशक जोन रुमले नेपाल जलवायु परिवर्ततले प्रभावित भइरहेको बताए । उनले नेपालमा निजी लगानी अत्यन्तै न्यून रहेको उल्लेख गरे । त्यसलाई वृद्धि गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा विषय औल्याए । नेपाल हिमश्रृखला र ग्रामीण क्षेत्र भएको कारण तापमान परिवर्तनले ल्याउन परिवर्तनलाई धान्न सकने यातायात सुविधा महत्वपूर्ण रहेको बताए ।


Read Previous

विद्युत नियमन आयोगको सार्वजनिक सुनुवाईमा उपस्थित हुने बारे

Read Next

नेपालमा लगानीका जुटाउन ग्लोबल आइएमईले गर्यो कोरियामा अन्तरक्रिया

Leave a Reply

Your email address will not be published.