Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

वर्ल्डलिङ्कले नयाँ १० जीबीपीएस प्रविधिमा फाइबर टु होम नेटवर्क अपग्रेड गर्दै


काठमाडौं। नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क  स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो फाइबर टु होम नेटवर्क अर्को साता देखी क्रमशः एक्सजीएस -पोन ( XGS-PON) मा अपग्रेड गर्दै लैजान लागेको हो।

नेपालमा एक्सजीएस–पोन (XGS-PON) मा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिङ्क पहिलो कम्पनी बनेको छ । यससँगै अब फाइबर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ ।

यसअघि  सेवाप्रदायकहरुले  डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै  दिने  अवस्था थियो ।  विद्यमान जीपोन  (GPON ) नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिङ्‍क तथा १.२५ जीबीपीएस अपलिङ्क असममित (Asymmetric) ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन  । तर, अब एक्सजीएस – पोन प्रविधिबाट सममित (Symmetric ) १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने छ ।

इन्टरनेट नेटवर्कमा पोन (PON) एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाईवर पूर्वाधार (प्यासिभ  इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाईवर तार अलग्याएर लगिएको हुन्छ र घरको फाईवर राउटर  (ONT)  मा जोडिएको हुन्छ ।

जीपोनको तुलनामा नयाँ  १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्‍क ब्याण्डविथको क्षमता चार गुणा बढी छ ,  साथै पोन नेटवर्क लेटेन्सीमा (latency) पनि जीपोन को तुलनामा केहि सुधार हुनेछ ।  ‘सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर सङ्ख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ,’कम्पनीले भनेको छ, ‘साथै विद्यमान जीपोनको तुलनामा  एक्सजीएस-पोनमा हालको एक्सेस लोकेशनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ ।’

निकट भविश्यमा एक्सजीएस-पोनलाई सोफ्टवेरबाट अपग्रेड गरी २५ जी पोन (25G PON) को लागि पनि आफ्नो पूर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ । यसबाट अब भविष्य मा 1Gbps भन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिनेछ।

कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर , भिडियो कन्फ्रेन्स जस्ता अपलिङ्क ब्याण्डविथ बडी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ । साथै, हालसम्म कर्पोरेट ग्राहकलाई जीपोनबाट सेवा नदिरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकहलाई पनि एक्सजीएस पोनबाट पोर्ट, इन्टरनेट तथा MPLS डेटा सेवा दिनेछ ।


Read Previous

अरुण तेस्रोको विद्युत प्रवाह हुने प्रसारण लाइन शुल्क तिरेर उपयोग गर्न पाउनु पर्ने भोजपुरबासीको माग

Read Next

बंगलादेशको पद्मा ब्रिज र नेपालले सिक्ने पाठ

Leave a Reply

Your email address will not be published.