Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

मुआब्जा दररेटबारे जानकारी दिन बुढीगण्डकी सरोकार समितिको माग


काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जाको जानकारी दिन आयोजना कार्यालयसँग माग गरेको छ । मुआब्जा पाएकाहरुले आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेट अनुसार कति मुआब्जा पाएको हो भनी जानकारी नदिएको उनीहरुको भनाइ छ ।

‘बुढीगण्डकी मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइले डुवानबासीलाई आफ्नो घर गोठ, संरचना र बोटविरुवाको के कति दररेटमा कति मुआब्जा दिएको हो भनी जानकारी दिन अस्वीकार गर्नु गैर जिम्मेवारीपन हो’ समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तर मुआब्जा दिने क्रममा आफ्नो घर, गोठ, संरचना र बोटविरुवा छुटपुट भएको अवस्थामा पनि डुवानबासीलाई चुप बस्न बाध्य पारिएको आरोप लगाएको छ । त्यसैले डुवानबासीलाई आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दररेट थाहा दिन र छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न माग गरको छ ।

बुढीगण्डकी जलविद्युत आयोजना मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइले डुवान क्षेत्रको घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा वितरणका क्रममा डुवान क्षेत्रका बासिन्दाको जायज माग र गुनासोलाई बेवास्ता गरेको समितिको भनाइ छ ।

इकाइले विभिन्न बैंकको खातामा डुवानबासीलाई दिएको मुआब्जा रकम सम्बन्धित बैंकले विभिन्न बहानामा प्रयोग गर्न दिन रोकेको समितिले आरोप लगाएको छ । मुआब्जा रकम बैंक खातामा दाखिला भएको १५ दिनभन्दा बढी हुँदा पनि बैैंकले प्रयोग गर्न नदिनुमा आयोजना कार्यालयका जिम्मेवार अधिकारी र बैंक कर्मचारीको मिलेमतोमा कमिसनको खेल भएको हुनसक्ने आशंका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो खातामा आएको मुआब्जा रकम प्रयोग गर्न दिनबाट वञ्चित गर्ने बैंकहरुको यो रवैया भत्र्सनायोग्य भएको समितिले उल्लेख गरको छ । त्यसैले मुआब्जा खातामा आएको रकम डुवानबासीलाई आफ्नो चाहना अनुसार प्रयोग गर्न दिन सम्बन्धित बैंकलाई आग्रह गरेको छ ।


Read Previous

सवारी साधनको भाडा बढ्यो, कुन रुटको कति ?

Read Next

‘प्राधिकरणले २८ वर्षपछिको विद्युत माग प्रक्षेपण गरेर प्रसारण र वितरण प्रणालीको विकास गरिरहेको छ’

Leave a Reply

Your email address will not be published.