
काठमाडौं । कप्तानगञ्ज घटनामा घाइते भएका रवीन्द्र मेहेताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन्। साथै, मृतकका परिवारसँग यसअघि भएका सहमति र प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन्।
आफन्तहरूले सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न नसक्ने र घटनाको जिम्मेवारी लिन असक्षम भए गृहमन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
घटनापछि शिक्षण अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनकारीहरूले दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई न्याय तथा सरकारले गरेको सहमति कार्यान्वयनको माग दोहोर्याएका छन्।
