Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक असारको दोस्रो साता


फाइल तस्वीर

काठमाडौ । आगामी असारको दोस्रो साता नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठक बस्ने भएको छ ।
दुई देशबीच विद्युत व्यापार र जलविद्युत आयोजनाको सहकार्यका लागि गठित समितिको बैठक आगामी जुन २६ र २७ अर्थात १२ र १३ गते बस्न लागेको हो । सन् २०१८ मा दुई देशबीच ऊर्जामा सहकार्यको सम्झौता भएपछिको यो चौथौ बेठक हो ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार, असार १२ गते सहसचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेडब्लूसी) र असार १३ गते सचिवस्तरीय जेएससीको बेठक बस्नेछ ।

यसअघि भदौमा भएको बैठकमा नेपालले बंगलादेशलाई ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव गरिसकेको छ । सोबारे पनि बैठकमा छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी बैठकमा दुई देशबीच विद्युत व्यापारबारे छलफल हुनेछ । गत भदौकै बेठकले नेपालबाट बंगलादेशमा विद्युत व्यापार गर्ने आवश्यक तयारीका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई जिम्मेवारी तोकेको छ ।

बैठकमा नवीकरणीय ऊर्जा प्रवद्र्धन, ऊर्जा दक्षता लगायतबारे पनि छलफल हुनेछ ।


Read Previous

सीजी मोटर्सले गर्यो ‘निटा भी’ विद्युतीय कार सार्वजनिक

Read Next

घोप्टेभिरमा पहिरो गएपछि नौबिसे मुग्लिन सडक पुन: अवरुद्ध

Leave a Reply

Your email address will not be published.