काठमाडौं । संघीय संसदको अर्थ समितिले सरकारलाई आगामी आब २०७९/८० को बजेटमा समेटिनुपर्ने १३ पृष्ठ लामो सुझाव दिएको छ । मंगलबार बसेको समितिको बैठकले विविध १६ शीर्षकमा सुझाव दिएको हो । समितले पूर्व तयारी सकिएका पूर्वाधार आयोजनालाई मात्र आगामी बजेटमा समेट्ने सुझाव दिएको छ ।
त्यस्तै, आयोजनाको प्रतिफलदरको विश्लेषण गरेर मात्र कार्यान्वयन गर्ने कार्ययोजना तयारी गर्न सुझाव दिएको छ । सुझावमा सबैभन्दा बढी क्षेत्रगत सुझावको सूची समेटिएको छ । त्यस्तै, आगामी बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रहरू, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव छन् ।
यसवाहेक बजेट निर्माण सम्बन्धमा, बजेट कार्यान्वयन सम्बन्धमा र राजस्व बाँडफाँड र वित्त व्यवस्थापनको विषयमा पनि सुझाव दिएको छ । राजस्व र वित्तीय व्यवस्थापन र अन्य सुझावलाई पनि समेटिएको छ ।
सुझावकाे पूर्णपाठः https://hr.parliament.gov.np/uploads/attachments/4hiomsiomxuqjz7t.pdf