Nepal Purbadhar

भोटेकोसी बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती


काठमाडौं। भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ। बाहुनबेसी-छाप-लच्याङ-सरम्थली-पार्टीखर्क-फलाको खोलापुल-घिचेट हुँदै धुन्चेसम्म पुग्ने सडक अहिले यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधनका लागि प्रयोग भइरहेको छ।

तर, वैकल्पिक सडक साँघुरो, चिप्लो र कठिन भएकाले यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको छ। सडकमा एक पटकमा एउटा मात्र सवारीसाधन सहज रूपमा गुड्न सक्ने अवस्था भएकाले दुईतर्फबाट सवारीसाधन आउँदा जाम हुने गरेको छ।

विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन तथा राहत सामग्री बोकेका ठूला ट्रक बढी समस्यामा पर्ने गरेका छन्। एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका सवारीसाधनसमेत घण्टौँसम्म रोकिने गरेका छन्।

राहत सामग्री लिएर रसुवातर्फ गएका केही ट्रकसमेत उकालो चढ्न नसकेर बाटोमै फसेका छन्। सोमबार बिहान ११ बजे विदुरबाट हिँडेको एक सवारीसाधन राति १ बजे धुन्चे पुगेको थियो। यात्राका क्रममा करिब ५-६ ओटा सवारीसाधन उकालो चढ्न नसकेर केही समय बाटोमै रोकिएका थिए।

मुख्य सडक तत्काल सञ्चालनमा आउन नसक्ने अवस्था रहे वैकल्पिक सडकमा ग्राभेल, सडक सुधार र सवारी व्यवस्थापन तत्काल गर्नुपर्ने देखिएको छ।


Read Previous

विभिन्न जलविद्युत् आयोजनाका ८९७ कामदार तथा कर्मचारी सम्पर्कविहीन, कुनका कति बेपत्ता ?

Read Next

भोटेकोशी बाढीः ३ हजारभन्दा बढीको उद्धार, १ हजार ५ सय ५८ जना बेपत्ताको निवेदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar