Skip to main content

Nepal Purbadhar

सुर्यविनायक–धुलिखेल सडक विस्तारको चार वर्ष : कतै चिल्लो सडक, कतै अझै धुलो–हिलो (तस्बिर)


काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको काम पछिल्लो चार वर्षदेखि जारी छ ।

सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई खण्डमा विभाजन गरेर २०७९ पुसदेखि निर्माण कार्य अघि बढेको थियो । साँगा–धुलिखेल ८.४ किमी सडक ४ अर्ब ५ करोड ६४ लाख र सूर्यविनायक–साँगा ७.५ किमी करिब ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सूर्यविनायक–साँगा सडकखण्डको काम करिब ५५ प्रतिशत र साँगा–धुलिखेल सडकखण्डको करिब ७७ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाको काम यस वर्ष चैत मसान्तसम्म सक्नुपर्ने सम्झौता छ ।

The current condition of the Dhulikhel and Banepa road which is still under the maintainance. Photo:Suryams Upreti

आयोजनाको बनेपा बजार क्षेत्रमा मापदण्ड विवादले निर्माण कार्य प्रभावित भएकोमा गत कार्तिकमा समस्या समाधान भएपछि अहिले काम जारी छ ।

default

निर्माण कार्य चलिरहेकाले कतिपय ठाउँमा चालक र यात्रुले धुलो र सवारी जामको समस्या भोग्नुपरेको छ । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

default

Read Previous

त्रिभुवन विमानस्थलमा यात्रुका लागि विशेष ट्रली सेवा सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar