Nepal Purbadhar

सञ्चार मन्त्रालय र मातहतका निकायबीच कार्यसम्पादन सम्झौता, लक्ष्य पूरा नगरे जिम्मेवारीबाट मुक्त


काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ।

सोही अवसरमा सञ्चारसचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सुरक्षण मुद्रण केन्द्र, राष्ट्रिय समाचार समिति, सार्वजनिक सेवा प्रसारण संस्था, गोरखापत्र संस्थान र विज्ञापन बोर्डका प्रमुखले पनि कार्यसम्पादन सम्झौता गरेका छन्।

कार्यक्रममा मन्त्री तिमिल्सिनाले सम्झौतालाई औपचारिकतामा सीमित नगरी निर्धारित लक्ष्य र समयसीमाअनुसार काम गर्न निर्देशन दिए। उनले लक्ष्य पूरा नभए सम्बन्धित पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्न सकिने व्यवस्था रहेको बताए।

कार्यसम्पादन सम्झौतामा सुशासन, सार्वजनिक सेवा सुधार, सञ्चार तथा डिजिटल पूर्वाधार विस्तार, फोरजी तथा ब्रोडब्यान्ड पहुँच वृद्धि, दूरसञ्चार सेवाको गुणस्तर सुधार र नागरिकका गुनासो फछ्र्योटलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।

सञ्चारसचिव पौडेलले सम्झौतामा उल्लेखित लक्ष्य र सूचकअनुसार परिणाम हासिल गर्न सबै निकाय प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए।


Read Previous

एक महिनापछि च्याममा फोरजी सेवा सञ्चालनमा

Read Next

दशैंको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने, लामो दुरीमा दुई चालक अनिवार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar