Nepal Purbadhar

कृष्णभीर खुलेपछि काठमाडौंमा ग्यासको आपूर्ति बढ्यो, प्लान्टमा धमाधम भरिँदै सिलिण्डर


काठमाडौं। कृष्णभीरको सडक खुलेसँगै काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति बढ्न थालेको छ। सडक खुलेपछि ग्यास बोकेका बुलेट धमाधम काठमाडौं भित्रिन थालेका छन् भने काठमाडौं, धादिङ र बनेपालगायतका प्लान्टमा सिलिण्डर भर्ने काम तीव्र भएको छ।

ग्यास उद्योगीहरूका अनुसार करिब १८ दिनपछि काठमाडौं आसपासका प्लान्टबाट पुनः ग्यास भरेर बिक्री सुरु भएको हो। बनेपास्थित प्लान्टमा मात्रै तीन बुलेट ग्यास भरेर बिक्री सुरु गरिएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बरौनीबाट ग्यास लोडिङसमेत बढाएको छ। दैनिक ६ बुलेटमा सीमित लोडिङ बिहीबार ४५ बुलेट पुगेको उद्योगीहरूले बताएका छन्।

धादिङको विशालटारस्थित श्रीकृष्ण ग्यास, ओम ग्यास र सीता ग्यासका प्लान्ट पनि सञ्चालनमा आएका छन्। नेपाल ग्यासले काठमाडौं र चितवन दुवै ठाउँबाट सिलिण्डर भर्ने कामलाई निरन्तरता दिएको जनाएको छ।

ग्यास उद्योगीहरूले कृष्णभीरबाट बुलेटको आपूर्ति बढेसँगै अभाव चाँडै कम हुने बताएका छन्। उद्योगीहरूले ग्यासको मूल्य पनि पुरानै दरमा फर्काएर प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा बिक्री गर्न थालेका छन्।


Read Previous

वाणिज्य विभागको अनुगमन, ७ फर्ममा भेटियो कैफयत, ३ लाख ५५ हजार जरिवाना

Read Next

भोटेकोशी बाढीमा ६७७ यातायात मजदुर सम्पर्कविहीन, ५१५ ट्रक-कन्टेनर हराए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar