Nepal Purbadhar

प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा राष्ट्रसंघ महासभामा सहभागी हुन न्यूयोर्क जाने

प्रधानमन्त्री वालेन्द्र शाह।


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन सेप्टेम्बर २२ मा अमेरिकाको न्यूयोर्क जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले महासभाको सामान्य बहसलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल सेप्टेम्बर २० मा न्यूयोर्क प्रस्थान गर्नेछन्। उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै उनले विभिन्न मुलुकका समकक्षी तथा अन्य उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर रायसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


Read Previous

प्रधानमन्त्री शाहको जेन्जी पुस्ताका सांसदलाई आग्रह – ‘स्वदेशमै रोजगारी सिर्जना गर्न उदाहरण बन्नुहोस्’

Read Next

चिनियाँ भिक्षु ह्वेनसाङको‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तक नेपालीमा सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar