Nepal Purbadhar

टिचिङ अस्पतालमा आफन्तको खोजीमा घण्टौँदेखि कुरिरहेका छन् रसुवा बाढीपीडित


काठमाडौं । रसुवामा आएको भीषण बाढीले आफन्त गुमाएका परिवारको पीडा काठमाडौंको टिचिङ अस्पतालसम्म आइपुगेको छ। बाढीपछि बेपत्ता भएका आफन्तको केही खबर पाइन्छ कि भन्ने आशामा उनीहरू घण्टौँदेखि अस्पताल परिसरमा कुरिरहेका छन्।

रुपा घले हातमा आफन्तहरूको तस्बिर बोकेर टिचिङ अस्पताल पुगेकी छन्। उनका दिदी, दिदीका सानो छोरा र दाइ बाढीपछि बेपत्ता छन्। उनी उनीहरूको अवस्था पत्ता लाग्ने आशामा अस्पताल पुगेकी हुन्।

त्यस्तै, सोनाम तामाङका आमा-बुबा नै बाढीपछि सम्पर्कविहीन छन्। बुबाआमाको अवस्था कस्तो छ भन्ने कुनै जानकारी नपाउँदा उनी चिन्तित छन्।

उमा घर्ती मगर पनि देवरको खोजीमा अस्पताल पुगेकी छन्। ‘केही खबर पाइन्छ कि’ भन्ने आशामा उनी अस्पताल परिसरमा कुरेर बसेकी छन्।

टिचिङ अस्पतालमा आफन्तको खोजीमा पुगेकाहरूको अनुहारमा बेचैनी र आँखामा आँसु देखिन्छ। कसैले आफन्तको तस्बिर देखाउँदै खोजी गरिदिन आग्रह गरिरहेका छन् भने कोही मोबाइलमा फोन आउने प्रतीक्षामा छन्।

रसुवाको बाढीले घर र सम्पत्तिसँगै धेरै परिवारका आफन्तसमेत बेपत्ता बनाएको छ। बेपत्ताको अवस्था पत्ता लाग्ने आशामा परिवारका सदस्यहरू अस्पतालदेखि सम्बन्धित निकायसम्म धाइरहेका छन्।


Read Previous

तिब्बती क्षेत्रमा पुनः ताल फुट्यो, त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह

Read Next

विपद्का बेला स्वास्थ्यकर्मीलाई बिदा रोक, उद्धार र उपचारमा खटिन निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar