
काठमाडौं । गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरेर काठमाडौं फर्कने तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरिएको छ।
अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको पुरानो मार्ग प्रयोग नगरी तोकिएको वैकल्पिक मार्गबाट मात्रै काठमाडौं फर्किन सम्बन्धित निकायले अनुरोध गरेको हो।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा पर्यटकको सुरक्षाका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। यात्रा गर्दा स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका पछिल्ला सूचनालाई समेत ध्यान दिन अनुरोध गरिएको छ।

