
काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार अन्तिम चरणको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका छन्।
अर्थ मन्त्रालयअन्तर्गत गठित नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यअनुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा पाँच जना उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट गरेको हो।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार छनोट भएका उम्मेदवारहरूमा अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार काकी, यज्ञप्रकाश न्यौपाने समता पन्त भट्ट रहेका छन्।
सूचनाअनुसार उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता २०८३ साउन २५ र २६ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ। प्रत्येक उम्मेदवारका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको समितिले जनाएको छ।
यसअघि अर्थ मन्त्रालयले कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो। सोही प्रक्रियाअन्तर्गत मूल्याङ्कनपछि अन्तिम चरणका लागि पाँच उम्मेदवार छनोट गरिएको हो।
सूचना फाइनल
