Nepal Purbadhar

निजी क्षेत्रकै ठूलो जलविद्युत आयोजना बनाइरहेका हिम पाठकले दिए इप्पानको उपाध्यक्षमा उम्मेदवारी


काठमाडौं । निजी क्षेत्रकै सबैभन्दा ठूलो आयोजना बनाइरहेका हिम पाठकले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) को उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

जेठ २९ गते शुक्रबारको साधरणसभाले इप्पानको नयाँ कार्यसमिति चयन गर्दैछ । हिम पाठकले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु गरेका छन् । गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।

पाठक तीनै हुन् जसले यस अघि पनि निजी क्षेत्रकै ठूलो आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छन् ।

साहस ऊर्जाले ८६ मेगावाटको सोलुखोला (दुधकोसी)निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छन् ।

निजी क्षेत्रकै ठूलो आयोजना बनाएर रेकर्ड बनाएका पाठकले उत्तम लामा समूहबाट उम्मेदवारी दिएका हुन् । उनी वर्तमान कार्य समितिका सचिव हुन् ।

स्वच्छ छविका पाठक इप्पानका सदस्यहरुमाझ लोकप्रिय छन् । उनले जित्ने सम्भावना बलियो छ । उनले ८६ मेगावाटको सोलुखोला सफलतापूर्वक सम्पन्न गरेर आफ्नो छवि बनाइसकेका छन् ।


Read Previous

दुई रुपैयाँ बेइमानी गरेको प्रमाण दिनुस्, राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु:अर्थमन्त्री

Read Next

सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि खुला, असार २ गतेसम्म आवेदन दिन सकिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar