Nepal Purbadhar

मन्त्रिपरिषद् निर्णय : चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन प्रयोग अनुमति



काठमाडौं । सरकारले चार वटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ। जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, प्रशासन, सामाजिक संस्था र छानबिनसम्बन्धी विभिन्न निर्णय गरेको हो।


बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजना लाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ। यस निर्णयसँगै सम्बन्धित आयोजनाको निर्माण तथा पूर्वाधार विकास प्रक्रियालाई थप सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, सरकारले निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। संशोधित नियमावलीमार्फत निजामती प्रशासन सञ्चालन तथा व्यवस्थापनका केही प्रावधान अद्यावधिक हुने जनाइएको छ।
मन्त्रिपरिषद्ले विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ।
यस्तै, मन्त्रिपरिषद्ले पूर्व गृह मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।


Read Previous

सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस, सपथ आजै

Read Next

मन्त्रिपरिषद् बैठकका निर्णय: गुरुङमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar