Nepal Purbadhar

सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस, सपथ आजै


काठमाडौं। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।

गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जनाइएको छ ।

यसअघि गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए। सम्पत्ति विवरणसम्बन्धी प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए।

सरकारले त्यसपछि उनी गृहमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो।

पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठन गरिएको समितिले शुक्रबार प्रधानमन्त्री शाहसमक्ष प्रतिवेदन बुझाएको थियो।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त समितिको प्रतिवेदन ग्रहण गरेको छ।

यसैबीच, प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सिफारिस गरेका छन्। पुनले पनि आजै राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ।


Read Previous

डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता तत्काल असुल्न कुलमान घिसिङको आग्रह

Read Next

मन्त्रिपरिषद् निर्णय : चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन प्रयोग अनुमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar