Nepal Purbadhar

तामाकोशी जलविद्युत कम्पनीले भन्यो, ‘ ठेक्का प्रक्रिया पारदर्शी छ’


काठमाडौं। तामाकोशी जलविद्युत कम्पनी लिमिटेडले आफ्नो नाम जोडेर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीले जारी गरेको सूचनामा “मिलेमतोमा फर्जी कागजात पेश गर्ने कम्पनीलाई ठेक्का दिने तयारी” जस्ता आरोपहरू निराधार भएको दाबी गरेको छ। यस्ता दाबीहरू वास्तविकतासँग मेल नखाने कम्पनीको दाबी छ । नेपाल पूर्वाधार डट कममा यसबारे समाचार प्रकाशशन भएको थियो ।

कम्पनीका अनुसार सम्पूर्ण मूल्यांकन तथा ठेक्का सम्बन्धी प्रक्रिया सार्वजनिक खरिद ऐन २०६३, प्रचलित नियमावली तथा कम्पनीका आन्तरिक प्रावधानअनुसार पारदर्शी ढंगले सम्पन्न भएको छ ।

सूचनामा उल्लेख भएअनुसार ठेक्का प्रक्रियामा न्यूनतम मूल्य प्रस्ताव गर्ने योग्य बोलपत्रदातालाई “लेटर अफ इन्टेन्ट (LOI)” जारी गरिएको छ। हालसम्म अन्तिम ठेक्का सम्झौता भने भइसकेको छैन। यदि कुनै पक्षलाई असहमति भएमा प्रचलित कानुनी व्यवस्था अनुसार सम्बन्धित निकायमा जान सक्ने अधिकार सुरक्षित रहेको पनि कम्पनीले जनाएको छ।

कम्पनीले सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, प्रतिस्पर्धा र निष्पक्षताको सिद्धान्त पूर्ण रूपमा पालना गरिएको दाबी गर्दै कुनै प्रकारको मिलेमतो वा अनियमितता नभएको स्पष्ट पारेको छ।

साथै, यस्ता समाचारले कम्पनीको प्रतिष्ठामा असर पर्नुका साथै कर्मचारीहरूको मनोबल घट्ने भएकाले प्रसारण नगर्न सरोकारवालासँग आग्रह गरिएको छ।


Read Previous

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

Read Next

विद्युत् नीति निर्माणमा गति : मन्त्री श्रेष्ठद्वारा दीर्घकालीन सोचसहित बृहत् छलफलको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar