Nepal Purbadhar

मन्त्रिपरिषद्का ७ निर्णय: निर्वाचनका लागि चिनियाँ अनुदान स्वीकार, बुढीगण्डकी लगानी ढाँचा स्वीकृत


काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकमार्फत सात वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।


सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार बैठकले प्रतिनिधिसभा निर्वाचन सञ्चालनका लागि चीन सरकारबाट प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
त्यसैगरी चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरिएको छ।


बैठकले काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई उपभोक्ता अदालत काठमाडौंको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्ने गरी तोक्ने निर्णय गरेको छ। साथै, बीमा ऐन २०७९ अन्तर्गतका कसुरसम्बन्धी मुद्दाको कारबाही तथा किनारा जिल्ला अदालतबाट हुने व्यवस्था गर्ने निर्णय गरिएको प्रवक्ता अर्यालले जानकारी दिए।


यसबाहेक सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म लागू हुने वार्षिक सार्वजनिक बिदा सूची स्वीकृत गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का अवसरमा फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने तथा जेनजी परिषद् गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।


Read Previous

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वास्ता नगरेपछि खेलाडीहरुले गरे प्रदर्शनी

Read Next

रास्वपा छाडेका बागमती प्रदेश उपसभापति हुमागाईं कांग्रेसमा प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar