Nepal Purbadhar

नारायणगोपाल चोकमा पैदल यात्रुमाथि दुर्व्यवहार गर्ने जीप चालक प्रहरी नियन्त्रणमा


काठमाडौं । काठमाडौंको नारायणगोपाल चोक क्षेत्रमा पैदल यात्रुमाथि हातपात तथा दुर्व्यवहार गरेको घटनामा संलग्न जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सार्वजनिक स्थानमा पैदल यात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनामा संलग्न चालक प्रहरी सम्पर्कमा आएका हुन्।

प्रहरीका अनुसार निजी जीप चालकका रूपमा रहेका बुढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय व्यक्तिलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उपस्थित गराइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रवक्ता तथा सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।


Read Previous

खोकना विवाद थाती राखेर द्रुतमार्ग अघि बढाउन प्रधानमन्त्री कार्कीको निर्देशन, फर्सिडोललाई वैकल्पिक प्रस्थानविन्दु बनाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar