
काठमाडौं । गेपर्ट हाइड्रो इण्डिया प्रालिले खिम्ती घ्वाङखोला साना जलविद्युत आयोजनाको इलेक्ट्रो–मेकानिकल कार्य गर्ने भएको छ। ९ मेगावाट क्षमताको उक्त आयोजना वन्डर्स इनर्जी प्रालिले निर्माण गर्न लागेको हो।

यस सम्बन्धमा सम्पन्न सम्झौतामा जेपर्ट हाइड्रो इण्डिया प्रालिको तर्फबाट सञ्चालक अमरजित सिंह र आयोजनाको प्रवर्द्धक कम्पनी वन्डर्स इनर्जी प्रालिको तर्फबाट सञ्चालक प्रकाश दुलालले हस्ताक्षर गरेका छन्।

उक्त आयोजनामा फेदीखोला जलविद्युत कम्पनीको लगानी रहेको छ। फेदीखोला जलविद्युत आयोजनाको इलेक्ट्रो–मेकानिकल कार्य पनि जेपर्ट हाइड्रो इण्डिया प्रालिले नै गरिरहेको छ।
जेपर्टका नेपाल निर्देशक राज किशोर यादवका अनुसार पछिल्लो सम्झौतासँगै नेपालमा जेपर्टले काम गरिरहेका आयोजनाको संख्या १९ पुगेको छ। तीमध्ये ९ वटा आयोजना हाल सञ्चालनमा आइसकेका छन्।









