
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिवार राती दाउन्ने सडक खण्डको स्थलगत निरिक्षण गरेर निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका छन् ।

सडक बिस्तारको क्रममा भएको ढिलासुस्ती किन भैरहेको छ भनेर आफै निरीक्षणमा आउनु भएको मन्त्री घिसिङले सडक बिस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिना भित्र सहज रुपमा यात्रायात संचालन हुन मिल्ने सडक तयार बनाउन निर्देशन दिएका हुन् ।












