
काठमाडौं . बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सले आइचर ग्राहकहरूका लागि विशेष रूपमा राष्ट्रिय मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ ।
यो क्याम्प मंसिर १७ देखि मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ । यस पहलको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने रहेको छ। क्याम्पमा आकर्षक छुटहरू र सेवाहरू उपलब्ध गराइने छ ।
नेपालभरका सबै आइचर एक्सक्लुसिभ वर्कशप तथा सबै शाखाहरूमा उपलब्ध यस मेगा सर्भिस क्याम्पमार्फत ग्राहकहरूले निःशुल्क सर्भिस तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। निरन्तर र सहज सेवा पाउनका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको छ ।
ग्राहकहरूलाई क्याम्प अवधि मा स्पेयर पार्ट्समा १२% छुट, अन्य लुब्रिकेन्ट्समा १८% छुट, आइचर लुब्रिकेन्ट्समा २५% छुट, ठुला मर्मत कार्यहरूको ज्यालामा २०% छुट, नि:शुल्क बम्पर-टु-बम्पर चेकअप र ३५-पोइन्ट इन्सपेक्सन तथा प्रत्येक सहभागी सर्बिसिंग मा सहभागी ग्राहकलाई नि:शुल्क विण्डचिटर प्रदान गरिनेछ।
बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सका प्रतिनिधिका अनुसार, “यो क्याम्प आइचर ग्राहकहरूलाई उनीहरूको सवारी साधनलाई उत्कृष्ट अवस्थामा राख्न मद्दत गर्ने र उनीहरूको सन्तुष्टि बढाउने लक्ष्यका साथ आयोजित गरिएको हो। नेपालभरका आइचर प्रयोगकर्ताहरूलाई यो अवसरबाट लाभान्वित हुन आमन्त्रण गर्दछौं।”









