Nepal Purbadhar

मन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता, के के भयो छलफल?


ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ ।


अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance-ISAआईएसए) को आठौं महासभामा भाग लिन नयाँ दिल्ली आउनुभएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।


विद्युत मन्त्रमालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति, दुवै देशबीच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।


भेटमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।


Read Previous

दुई ठूला अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न संयुक्त कम्पनी र सेयर हेल्डर सम्झौतामा हस्ताक्षर

Read Next

पाटन उच्च अदालतको आदेशपछि ‘नियोसिया’ ईभीको आयात–बिक्रीमा रोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar