Nepal Purbadhar

सरकारी सुरक्षा बिना केन्द्रीय कमिटी बैठकमा पुगे नेकपा एसका अध्यक्ष नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज सुरु हुँदैछ । बैठक कार्तिक १४ गते सम्म मिराकल भेन्युमा चल्नेछ । बैठकमा भाग लिन अध्यक्ष माधव कुमार नेपाल लगायत बैठक स्थलमा पुगेका छन् ।

अध्यक्ष नेपाल सरकारी सुरक्षा विना नै बैठकस्थलमा देखिएका छन् । सरकारले पूर्व प्रधानमन्त्री समेत रहेका नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

तस्बिरमा हेर्नुस् सुन्दर महेन्द्र गुफा

Read Next

दुई ठूला अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न संयुक्त कम्पनी र सेयर हेल्डर सम्झौतामा हस्ताक्षर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar