
काठमाडौ ।विंसं २०१६ अघिसम्म अँधेरी भुवन भनेर चिनिने गुफा हो महेन्द्र गुफा । तत्कालीन राजा महेन्द्र पोखरा महानगरपालिका–१६, बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले गुफाको अवलोकन गर्न लगेका र त्यसपछि गुफाको नाम महेन्द्र गुफा रहन गएको हो ।

गुफाको लम्बाइ एक सय २५ मिटर छ । गुफामा हिन्दू धर्मसंस्कारसँग जोडिएका विभिन्न भगवान्का मूर्ति एवं आकृति देख्न सकिन्छ । गुफामा हिन्दू धर्म संस्कारसँग जोडिएका विभिन्न भगवानका मूर्ति र आकृति देख्न सकिन्छ ।

गुफा हेर्नका लागि विद्यार्थीलाई ३० र अन्य आन्तरिक पर्यटकलाई ५० शुल्क कायम गरिएको छ । भारत र सार्क मुलुकका पर्यटकका लागि ८० र अन्य विदेशी पर्यटकका लागि एक सय ५० शुल्क तोकिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।











