Nepal Purbadhar

डेडिकेटेड ट्रंक लाइन: बक्यौता तिर्न उद्योगीहरु कार्तिक १७ गतेसम्म आउनुपर्ने,२८ किस्ताबन्दीको सुविधा


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न कार्तिक १७ गतेसम्मको समय दिने भएको छ ।

पहिलो किस्ता तिर्न आउन उद्योगीहरुलाई यो समय दिएको हो । शुक्रबार बसेको सञ्चालक समितिको निर्णय बमोजिम प्राधिकरणले आइतबार सूचना निकालेर २१ दिनभित्र बक्यौता तिर्न आउन आग्रह गर्न लागेको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार २८ किस्ताको सुविधा दिएर बक्यौता उठाउने निर्णय भएको छ ।

कार्यकारी निर्देशक मनोज सिलवाल

ऊर्जामन्त्री कुलमान घिसिङ कार्यभार सम्हालेपछि बक्यौता उठाउने निर्णय गरेका थिए । उनकै निर्णयलाई साथ दिएर प्राधिकरणले बक्यौता उठाउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक सिलवाल समेत बक्यौता उठाउन लागि परेका छन् । उनी उपकार्यकारी निर्देशक हुँदा समेत बक्यौता उठाउन जस्तो सुकै दबाब परेपनि डटेर लागेका थिए ।

प्राधिकरणले करिब ८ अर्ब रुपैयाँ बक्यौता उठाउन लागेको हो ।

उद्योगीहरुले कुल बक्यौता २८ महिनामा तिर्नुपर्नेछ ।


Read Previous

सडकका २३४ रुग्ण ठेक्का तोडिंदै, समयमा निर्णय नगर्ने कर्मचारीमाथि पनि छानबिन हुने

Read Next

प्राधिकरणले गर्‍यो ३५५ मेगावाटका २४ सोलारका आयोजनाको पीपीए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar