Nepal Purbadhar

डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने प्राधिकरण सञ्चालक समितिको निर्णय


काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेको छ ।

अन्तरिक सरकार बनेपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता उठाउने निर्णय गरेको हो ।

‘आज बसेको सञ्चालक समितिको बैठकले बक्यौता उठाउने निर्णय गरेको छ । तर माइन्युट भने भएको छैन् ,’ सञ्चालक समितिका एक सदस्यले भने, ‘लाइन नै काटेर भएपनि बक्यौता उठाउन सञ्चालक समिति तयार भएको छ । ‘

कुलमान ऊर्जा मन्त्री बन्ने बित्तिकै पहिलो निर्णय बक्यौता उठाउने गरेका थिए । प्राधिकरणमा कार्यकारी निर्देशक बनेर आएका मनोज सिलवाल समेत बक्यौता उठाउने पक्षमा छन् । सोही कारण सञ्चालक समितिले बक्यौता उठाउने निर्णय गरेको हो ।

प्राधिकरणले झण्डै ८ अर्ब रुपैयाँ बक्यौता उठाउन लागेको हो ।

प्राधिकरण सञ्चालक समितिका एक सदस्यका अनुसार किस्ताबन्दीको सुविधा दिएर बक्यौता उठाइनेछ । माइन्युटमा हस्ताक्षर भएपछि प्राधिकरणले उद्योगीहरुलाई बक्यौता तिर्न आउन सूचना निकाल्नेछ ।


Read Previous

एमसीसी अन्तर्गत बन्ने ३१५ किमी ४०० केभी प्रसारणलाइनको ठेक्का लाग्यो

Read Next

विद्युत विकास विभागको पहिलो महिला महानिर्देशक बनिन् मनदेवी श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar