
काठमाडौं । पूर्ण सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीमा कर्मचारीहरुले ताला लगाएका छन् ।
नेपाल कर्मचारी संगठन भियुसिएलले बुटवल पावर कम्पनीको ग्राउण्ड फ्लोरमा रहेको कार्यालयमा ताला लगाएको हो ।
कम्पनी व्यवस्थापनले विभिन्न मितिमा भएका सहमति र प्रतिबद्धताहरु कार्यान्वयन नरगी मध्यरातमा कर्मचारीहरुलाई इमेलमार्फत पत्राचार गरी आतंक सिर्जना गर्ने तथा एकलौटी रुपमा अघि बढ्ने कार्य गरेको कर्मचारी संगठनको आरोप छ । कम्पनी र आयोजनामा परिचालन हुने कर्मचारीहरुलाई उपलब्ध गराउनुपर्ने यातायात,थप सेवा सुविधालगायतका निर्णयहरु अस्पष्ट, अव्यवहारिक र कार्यान्वयन गर्न अत्यन्त जटिल र खाइपाइ आएका सुविधा घटाउन लागिएको आरोप छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई बाइपास गर्दै एकलौटी रुपमा अघि बढेको भन्दै तालाबन्दी गरिएको उल्लेख छ।
बिहिबारदेखि सबै कामकाज ठप्प पारेर तालबन्दी गरिएको हो ।