Nepal Purbadhar

भृकुटी मण्डप खुल्ला बजार चहलपहल छ, व्यापार छैन


काठमाडौं । दशैं लागि सकेको छ, बजारमा किनमेल गर्नेहरूको बाक्लो भीड पनि देखिएको छ तर यस वर्ष भने पहिलेको वर्ष जस्तो व्यापार नभएको व्यापारीहरु बताउँछन् ।

पहिलेको वर्ष भृकुटीमण्डपको खुल्ला बजार क्षेत्र भित्र टेकी नसने भीड हुने र व्यापार पनि राम्रो हुने गरेकोमा यस वर्ष ७५ प्रतिशतले नै व्यापार घटेको खुल्ला बजारमा व्यापार गर्दै आएको सर्मिस्था श्रेष्ठले बताइन् ।

यसवर्ष व्यापार नै छैन व्यापार भएको भए त बोल्ने फुर्सद पनि हुँदैन थियो उनले भनिन् ।

अर्को व्यापारी शारदा कोइरालाको पनि भनाइ त्यही छ, व्यापार आदिले भन्दा बढी घटेको छ, मान्छे आउँछन् तर किनमेल खासै छैन उनले भनिन् ।

देशमा भर्खरै भएको जेन जी आन्दोलनले पनि व्यापार असर परेको व्यापारी बताउँछन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

पूजाआजा गरी कोटेश्वर प्रभागमा पुनर्स्थापित गरियो प्रहरी, फूलमालाले स्वागत र सम्मान

Read Next

टाटा मोटर्सको ‘शानदार दशैं तिहार अफर’: टाटाका गाडीमा विशेष छुट र सुविधा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar