Nepal Purbadhar

चीन जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आयो


काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ।

उक्त राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु सहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे टोलीले जानकारी लिएको छ। अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको थियो।

चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएको थियो। त्यसपश्चात मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवाहरुलाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजिकरण गरिदीन आग्रह गर्नुभएको थियो।


सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौंको संख्यामा रहेका दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन्।


Read Previous

एक्सनमा कुलमान, पुगे परीक्षण भइरहेको १०२ मेगावाटको मध्यभोटेकोसीमा निरीक्षणमा

Read Next

जल तथा ऊर्जा आयोग सरुवा भएका शाक्यको सेवा सुविधा नघट्ने, कति पाउँछन् तलब भत्ता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar