
काठमाडौं । जेन्जी आन्दोलनमा घाइते भएका घाइतेहरू सिंहदरबारमा धर्ना दिएका छन् ।

आइतबार आफ्नो माग राख्न सिंहदरबार भित्र जान खोज्दा पास नपाएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।

गत भदौ २३ र २४ गते काठमाडौं सहित देशैभरमा जेनजी पुस्ताको आन्दोलन भएको थियो । उक्त आन्दोलनका कारण तत्कालिन सरकारले राजीनामा दिएर हाल चुनाव केन्द्रित अन्तरिम सरकार गठन भएको छ ।


तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी