Nepal Purbadhar

एनएचआरसीको निर्माणाधीन भवनबाट सेवा दिँदै स्वास्थ्य मन्त्रालय


काठमाडौं । जेनजी आन्दोलनको दोश्रो दिन भदौ २४ गते आन्दोलनकारीहरुले रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका ईन्जिनियरहरुले गरेको अध्ययनबाट पिल्लरविनाको यो नमुना भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निस्किएपछि स्वास्थ्य मन्त्रालय नयाँ ठाउँमा सरेको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्को निर्माणाधीन भवनबाट अस्थायी रुपमा सेवा प्रवाह भइरहेको मन्त्रालयले जनाएको छ ।

तस्बिर/भिडियो : नेपाल फोटो लाइब्रेरी


Read Previous

मन्त्री घिसिङको ७ बुँदे निर्देशन: तातोपानी पुग्ने सडक दशैं अघि सञ्चालनमा ल्याइने, मुख्य सडकलाई चुस्त राखिने

Read Next

जेन्जी आन्दोलनमा घाइतेहरूको सिंहदरबार गेटमा धर्ना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar