Nepal Purbadhar

जेन जी आन्दोलनमा आगजनी गरिएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था


काठमाडौं । भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरुले आगजनी गरेको रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ ।

नेपाली इन्जिनियरिङ इतिहास र आर्किटेक्टको दृष्टिकोणले सो भवनलाई विश्वकै नमूनाको रुपमा लिइने गरिन्छ ।

विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना भवनको रुपमा यस भवन रहेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका ईन्जिनियरहरुले गरेको अध्ययनबाट मन्त्रालयको यो भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

दशै नजिकिएसंगै पोखरा भित्रिए भेडा च्याङ्ग्रा

Read Next

दसैं नजिकिँदा सडकमा चाप,बढ्न थाल्यो चहलपहल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar