
काठमाडौं । जेनजी पुस्ताले गत भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूमध्ये सिभिल (निजामती कर्मचारी) अस्पतालमा ६ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान १० बजे अस्पताल प्रशासनले सार्पजनिक गरेको जानकारीकाअनुसार उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै, अस्पतालमा ४६१ जना घाइते बिरामी आएकोमा ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको थियो भने बाँकी ४१७ जनाको भने सिभिल अस्पतालमा उपचार भएको छ ।
सिभिलमा उपचार भएकामध्ये सामान्य उपचारपछि ३६६ जनालाई डिस्चार्ज गरिएको थियो भने ५१ जनालाई अस्पतालमा भर्ना गरि उपचार गरेर हालसम्म ४२ जनालाई डिस्चार्ज गरिएको छ ।
हाल अस्पतालमा ९ जना भर्ना रहेको अस्पतालले जनाएको छ ।
भर्ना भएका घाइतेमध्ये ५० जनाको शल्यक्रिया गरिएको छ भने पुन: शल्यक्रिया गरिएका बिरामीको संख्या ११ जना रहेका छन् ।
हेर्नुहोस अस्पतालको सूचना

