Nepal Purbadhar

अर्थमन्त्रीले गरे पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय


काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् ।

सोमबार शीतल निवासमा शपथ ग्रहणपश्चात सिंहदरबार पुगेर पदभार ग्रहण गरेका खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले भनेका छन्, ‘अबको प्राथमिकता युवाको माग पुरा गर्नु हो । निर्वाचन गर्नुछ । त्यसैले खर्च कटौती गर्ने निर्णय गरिएको छ ।’

पदभार ग्रहणका लागि अर्थ मन्त्रालय पुगेका खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।

Facebook Comments

Read Previous

गृहमन्त्री अर्यालले गरे पद बहाली

Read Next

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय: ट्रंक डेडिकेटेड लाइनको बक्यौता उठाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar