Nepal Purbadhar

राष्ट्रपति पौडेललाई चिनियाँ राष्ट्रपति सीको सन्देश : सहयोग गर्न तयार छौँ


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सन्देश पठाएका छन्।

बुधबार नेपालका रसुवालगायत जिल्लामा आएको बाढी तथा चीनको केरुङ क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सीले उद्धार तथा राहतका लागि चीन सहयोग गर्न तयार रहेको बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय कमिटीको आज बसेको बैठकमा केरुङ‍-रसुवा बाढीबारे छलफल गर्दै नेपालका प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णयसमेत गरेको थियो।

चीनले यसअघि पनि नेपाललाई उद्धार तथा राहतमा सहयोग गर्न तयार रहेको जनाएको थियो।


Read Previous

बाढीले दुई जिल्लाका ११ जलविद्युत् आयोजना प्रभावित, ९३४ जना श्रमिक तथा कर्मचारी सम्पर्कविहीन

Read Next

लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जनाको उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar