
काठमाडौं। रसुवाको भीषण बाढीमा परी घाइते भएका नुवाकोट विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ।
गम्भीर घाइते अवस्थामा राष्ट्रिय ट्रमा सेन्टर ल्याइएका डंगोलको उपचारका क्रममा मृत्यु भएको सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाले जानकारी दिए।
साँझ साढे ५ बजेसम्मको विवरणअनुसार बाढीमा परी घाइते भएका ३८ जना उपचारका लागि भर्ना भएकामा २१ जना डिस्चार्ज भएका छन्। एक जनालाई थप उपचारका लागि वीर अस्पताल रिफर गरिएको छ।
हाल २ जना एचडीयू र १३ जना इमर्जेन्सी तथा वार्डमा उपचाररत छन्।

