
काठमाडौं। नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका छन्।
चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै ढाँट फाइनलमा पुगेका हुन्।
तीन राउन्डको खेलमा दुई जजले ढाँटको पक्षमा २९-२८ अंक दिएका थिए भने एक जजले कासिबको पक्षमा २९–२८ अंक दिएका थिए।
अब ढाँटले फाइनलमा र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
फाइनल जितेमा ढाँट यूएफसीका लागि छनोट हुनेछन्।
