Nepal Purbadhar

८७ वर्षीया राजी राणाले प्रधानमन्त्री राहत कोषमा दिइन् १ करोड ९ लाख


काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८७ वर्षीया राजी राणाले १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन्।

व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। व्यक्तिगततर्फबाट राहत कोषमा प्राप्त सहयोगमध्ये यो ठूलो रकममध्ये एक रहेको जनाइएको छ।

यस क्रममा राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग गरेका छन्। उक्त रकमसमेत अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ।

राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सहयोग गर्ने तयारी गरेकी छन्। अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक परेको स्थानमा उक्त सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको सहयोगी बस्नेतले जानकारी दिए।


Read Previous

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोड सहयोग जम्मा

Read Next

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई २०० हेडल्याम्प सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar