
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा विद्यमान विपद् परिस्थितिबाट शान्तिपूर्ण समाधान निकाल्न सबैलाई आह्वान गरेका छन्।
बिहीबार जारी गरेको वक्तव्यमा राष्ट्रपति पौडेलले संवैधानिक दायराभित्र रहँदै मुलुकलाई निकास दिन सकिने विश्वास व्यक्त गरेका छन्। उनले लोकतन्त्रको संरक्षण र शान्ति–सुरक्षा कायम राख्न सक्ने गरी सबै पक्ष मिलेर प्रयास गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले आन्दोलनरत नागरिकको माग सम्बोधनका लागि छोटो भन्दा छोटो समयमा समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्। मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्न सबैलाई सहयोग र एकतामा उभिनुपर्ने उनको आह्वान छ।
देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ- राष्ट्रपति
Facebook Comments