
काठमाडौं । देशैभर जारी आन्दोलनका बीच प्रदर्शनकारीहरू संघीय संसद भवन छिरेका छन् ।
सोमबार जेनजी पुस्ताले गरेको आन्दोलन दबाउन सरकारले गरेको अत्याधिक दमनका विरुद्धमा मंगलबार देशैभरमा प्रदर्शन भइरहेको छ ।
यसैबीच प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् ।
सोमबार प्रहरीले जेनजी पुस्ताका प्रदर्शनकारीमाथि दमन गरि गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । उनीहरूले देशमा व्याप्त भ्रष्टाचारविरुद्धमा आन्दोलन गरिरहेका छन् ।
Facebook Comments