काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ ।
मंगलबार जेनजी प्रदर्शनका क्रममा उनको घरमा आगजनी गरिएको हो ।
सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारको दमनका कारण कम्तीमा १९ जनाले ज्यान गुमाएका थिए । मंगलबार सरकारको सोही दमनका विरुद्धमा देशैभर आन्दोलन भइरहेका छन् ।