
काठमाडौं । देशव्यापी रूपमा फैलिएको डेंगी रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले सचेतना तथा लामखुट्टे लार्भा खोज तथा नष्ट गर्न अभियान गरेको छ ।

महानगरपालिकाको स्वास्थ विभाग र नगर कार्यपालिकाको कार्यालयले शुक्बार यस्तो अभियान गरेको हो ।

महानगरले सचेतना फैलाउने एवं लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने उद्देश्यले आयोजित “WALK AND ACT” अभियान गरेको छ । उक्त अभियानमा स्वयंसेवक माइकिङ्संग चेतना सन्देश सुनाउँदै हिँड्दै छन् ।

शुक्रबार बिहान राष्ट्रिय सभागृह, काठमाडौंबाट अभियान सुरु भएको थियो।


तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
Facebook Comments