Nepal Purbadhar

ऊर्जा मन्त्रीले गरे ढल्केबर सबस्टेशनको निरीक्षण, भने-२४ घन्टा विद्युत आपूर्तिका लागि निर्देशन दिएको छु


काठमाडौं । ऊर्जा मन्त्री दिपक खड्काले धनुषाको ढल्केवरस्थित सबस्टेशनको निरीक्षण गरेका छन् ।

मन्त्री खड्काले बिहीबार धनुषाको ढल्केबरस्थित देशकै सबैभन्दा ठूलो विद्युत सबस्टेशनको निरीक्षण गरेका हुन् । उनले अन्तरदेशीय प्रसारण लाइनको अवस्था तथा समग्र आपूर्ति प्रणालीबारे जानकारी दिउको बताएका छन् ।

निरीक्षणका क्रममा मन्त्री खड्काले विद्युत आपूर्ति प्रणालीलाई अझ सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनका लागि निर्देशन दिएका छन् । उनी भन्छन्, ‘निरीक्षणका क्रममा विद्युत आपूर्ति प्रणालीलाई अझ सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन र २४ सैं घण्टा बिद्युतको सुनिश्चित गर्रि प्राथमिकताका साथ काम गर्न नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश क्षेत्रीय कार्यालयका प्रमुखसहितको टिमलाई निर्देशन दिएको छु ।’


Read Previous

नेपालबाट ११३० मेगावाट विद्युत भारत जान थाल्यो

Read Next

इन्द्रजात्राको तयारी तीव्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar