Nepal Purbadhar

नाडा अटो शोमा सिप्रदी ट्रेडिङले गर्‍यो एक्स्प्रेस-टि ईभी फ्लिट पार्टनरलाई सम्मान


काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको शीर्ष बिक्रेतामध्येको सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको आधिकारिक वितरक) वर्षको नाडा अटो शोमा एक्स्प्रेस-टि ईभी मा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्स्प्रेस-टि ईभी का प्रमुख फ्लिट पार्टनर हरूलाई विशेष सम्मान प्रदान गरेको छ।
कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरन लाई सम्मान गरिएको हो। वहाँहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि यो सम्मान गरिएको हो।
एक्स्प्रेस-टि ईभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडलका रूपमा चर्चित रहेको छ । स्वरोजगारी प्रवर्द्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ।
नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। प्रदर्शनीमा टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन सकिने समेत कम्पनीले जनाएको छ ।


Read Previous

टिकटकमा अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’को आधिकारिक एकाउन्ट

Nepal Purbadhar